Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ २१, २०८३

पाटन ।

सभामुख डिपी अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जातीय विभेद तथा छुवाछूतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो ।

सभामुख अर्यालले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नगरी नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक बन्न नसक्ने बताउनुभयो । उहाँले दलित समुदायले भोग्दै आएका समस्या, पीडा र चुनौतीप्रति संसद् पूर्णरूपमा सचेत रहेको तथा समाधानका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । सभामुख अर्यालले सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तीकरणलाई सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै दलित समुदाय आर्थिक रूपमा सशक्त नभएसम्म सामाजिक चेतनामात्रले पूर्ण परिवर्तन ल्याउन कठिन हुने बताउनुभयो ।

उहाँले संविधान, कानुन र नीतिगत व्यवस्थामार्फत जातीय विभेदविरुद्ध उल्लेखनीय प्रगति भए पनि व्यवहारमा अझै विभिन्न स्वरूपमा विभेदका घटना भइरहेकाले संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल तथा रोजगारीका क्षेत्रमा छुवाछूतका घटना अझै विद्यमान रहेको उहाँको भनाइ थियो । सभामुख अर्यालले संविधानको धारा ४० को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई थप सुदृढ बनाउन सङ्घीय संसद निरन्तर सक्रिय रहने बताउनुभयो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले नेपाल मानव अधिकारसम्बन्धी विभिन्न अन्तरराष्ट्रिय महासन्धि तथा प्रतिबद्धताहरूको पक्षराष्ट्र भएकाले दलित समुदायको अधिकार संरक्षणका लागि आफू क्रियाशील रहेको बताउनुभयो । त्यस अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, महान्यायाधिवक्ता डा। नारायणदत्त कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड बिहीबार, जेठ २१, २०८३
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण बिहीबार, जेठ २१, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट बिहीबार, जेठ २१, २०८३
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा बुधबार, जेठ ६, २०८३
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन बुधबार, वैशाख ३०, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्