Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, जेठ १, २०८२

बैतडी । 

स्थानीय सेवा ऐनको माग गर्दै यही २६ वैशाख देखी आन्दोलनमा उत्रिएका सुदूरपश्चिम प्रदेश स्थित स्थानीय तहका कर्मचारीहरूले आन्दोलन जारी राखेका छन् । 

मङ्गलवार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल निजामती कर्मचारी युनियन बैतडीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्ति अनुसार लामो समयदेखि स्थानीय सेवा ऐन नआएकाले असन्तुष्टि व्यक्त गर्दै उनीहरूले चरणबद्ध आन्दोलन सुरु गरेको बताइएको छ । 

सङ्गठनका अध्यक्ष पदम बहादुर कार्की र युनियनका अध्यक्ष मनोज कुमार भट्टले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनरत कर्मचारीहरूले प्रदेश सरकारलाई स्थानीय सेवा ऐन तुरुन्त जारी गर्न माग गरेका छन् । ६ ओटै प्रदेशमा ऐन जारी भइसकेको अवस्थामा सुदूरपश्चिममा अझै जारी नहुनु दुखद विषय भएको सङ्गठनका अध्यक्ष कार्कीले बताए । २६ वैशाखबाट जारी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालय अघि धर्ना, र्‍याली तथा कोणसभाहरू गरिएको उनले बताए । 

विज्ञप्तिमा भनिएको छ,“नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुरूप शासन सञ्चालन भएको एक दशक भई सक्दा समेत मुलुकको सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्था गर्न नसक्नु आफैमा दुःखद विषय हो । नेपालको संविधान मा स्थानीय सेवाको गठन सञ्चालन तथा सेवा सर्त सम्बन्धी व्यवस्था प्रदेश कानुन बमोजिम हुने कुरा उल्लेख गरेको छ । सुदूरपश्चिम प्रदेश बाहेकका अन्य ६ वटा प्रदेशले स्थानीय सेवा ऐन जारी गरी लागु गरिसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशले स्थानीय सेवा ऐन अझै पनि जारी गर्न नसक्नु आफैमा लज्जास्पद छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समितिले मिति २०८२-०१-२६ गते देखि स्थानीय सेवा ऐन जारी गर्न दबाब स्वरूप स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समिति सुदूरपश्चिम प्रदेशका संयोजक श्री झलक बहादुर दौल्यालको नेतृत्वमा पेसागत आन्दोलन गरिरहेको व्यहोरा सर्वविदितै छ। सोहि अनुसार बैतडी जिल्लाका सम्पूर्ण १० वटै पालिकामा कार्यरत कर्मचारीहरु आन्दोलन केन्द्रित हुँदा सेवा प्रवाह पूर्णरुपमा अवरुद्ध भएको छ । यसबाट आम नागरिकले पाउनुपर्ने आधारभूत सेवाहरू प्रभावित भई जनजीवन अस्तव्यस्त बन्दै गएको अवस्थामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरूको वृत्ति विकास, सेवाको सुरक्षा र पेसागत अधिकार सुनिश्चित गर्न स्थानीय निजामती सेवा ऐन अपरिहार्य रहेकोमा हामी सबै एकमत छौँ । राज्यका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने र नागरिकलाई सेवा प्रवाह गर्ने प्रशासनिक संयन्त्र आन्दोलनको लागि सडकमा रहँदा राज्यका कार्यक्रम, विकास निर्माणका कार्यहरू अलपत्र परेको र नागरिकहरूले सर्वसुलभ तरिकाले पाउनुपर्ने सेवाहरू अवरुद्ध भएको विषय प्रति सुदूरपश्चिम प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।

कर्मचारीहरूको न्यायोचित माग सम्बोधन गरी, कर्मचारीहरूका पेसागत हक अधिकार सुनिश्चित गर्दै कुशल कार्य वातावरण सुनिश्चित गरी आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूलाई तत्काल कार्यक्षेत्रमा फर्किने व्यवस्थाको लागि सुदूरपश्चिम सरकारले प्रदेशको स्थानीय सेवा ऐन जारी गर्न जोडदार माग गर्दछौ ।”


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्